skip this farak Kura Pravakar

विराटनगरका युवकमाथि भारतमा गोली प्रहार

गोलीको छर्रा लागेर घाइते

888 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-भारतमा विराटनगरका एक जना युवक गोलीको छर्रा लागेर घाइते भएका छन्।

विराटनगर महानगरपालिका वडा नम्बर ८का २८ वर्षीय निर्दोष संग्रौलामाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रन्जन दाहालले जानकारी दिए।

डिएसपी दाहालका अनुसार निर्दोष आइतबार अपराह्नमा भारत गएका थिए। भारतको रेलवे स्टेशनबाट करिब १०० मिटर टाढा गोली प्रहार भएको हो।

गोली प्रहार हुँदा त्यसको छर्रा निर्दोषको तिघ्रामा लागेको प्रहरीले बताएको छ।

‘घाइतेको कोशी अस्पतालमा उपचार भइरहेको छ। उहाँलाई सोधेर हामीले समन्वय गरेर घटनास्थलमा पुग्यौं,’ डिएसपी दाहालले भने, ‘८-१० जना थिए भनिएको छ। हामीले घाइतेसँग धेरै कुरा सोधिसकेका छैनौं।’

घाइते रहेका निर्दोष खतरामुक्त छन्। गोली प्रहार गर्ने व्यक्तिहरूको पहिचान भइसकेको छैन।

nijgadh-supermart-adz1200-630