रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीमा उपस्थित गराउने सीआईबीकाे तयारी
वि.सं.२०८० पुस २५ बुधवार ११:३१

काठमाडौं-तपस्वी रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाहीमा हाजिर गराउने तयारी गरेको छ ।
अनुयायी बेपत्ता पारेको आरोप लागेका बम्जनमाथि पक्राउ पूर्जी जारी भएकाले पहिला सर्लाहीमा हाजिर गराउने तयारी छ ।
बेपत्ता मुद्दामा जिल्ला अदालत, सर्लाहीबाट पक्राउ पूर्जी जारी भएकाले बुधबार त्यहाँ उपस्थित गराएपछि अन्यत्रका मुद्दाबारे पनि अध्ययन गर्ने सीआईबीकाे तयारी गरेकाे हाे ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार साँझ बम्जनलाई बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो ।
बम्जनविरुद्ध सर्लाहीकी २९ वर्षीया रिता बोटलाई बेपत्ता पारेको भन्दै उनकी आमा सुम्नीले २०७५ सालको १८ पुसमा किटानी जोहरी दिएकी थिइन् ।
जोहरीमा उल्लेख भएअनुसार रिता बाराको हलखोरियास्थित बम्जनको आश्रममा बसेकी थिइन् । पछि २०६६ सालमा गढीमाई मेलामा गएपछि उनी बेपत्ता थिइन् । मेला राेक्न असफल भएपछि उनी सम्पर्क विहीन भएका थिए ।
वि.सं.२०८० पुस २५ बुधवार ११:३१

















