रामबहादुर बमजन बसेको घरबाट ३ करोड बरामद
वि.सं.२०८० पुस २५ बुधवार ११:१६
1.89K
shares

काठमाडौँ-तपस्वी राम बहादुर बमजनलाई पक्राउ गरेको घरबाट प्रहरीले ठुलो परिमाणमा नगद बरामद गरेको छ ।
हात्तीगौंडा स्थित घरबाट ३ करोड भन्दा बढी नगद बरामद गरिएको केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्यले बताइन् ।
बरामद नगद ५ सय र १ हजार दरका छन् । सिआइबीले करिब ३ सय डलर विदेशी रुपैयाँ पनि बरामद गरेको छ ।
बरामद विदेशी रुपैयाँ चिन र इन्डोनेसिया लगायत मुलुकका छन् ।
वि.सं.२०८० पुस २५ बुधवार ११:१६

















