skip this farak Kura Pravakar

जीतपुरसिमरा उपमहानगरपालिकाले वि‌द्यालय स्वास्थ्य कार्यक्रम सम्बन्धि समिक्षा तथा अभिमुखीकरण गर्ने

936 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-जीतपुर सिमरा उपमहानगरपालिकाले वि‌द्यालय स्वास्थ्य कार्यक्रम सम्बन्धि समिक्षा तथा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।

सार्वजनिक तथा संस्थागत वि‌द्यालयहरुमा स्वास्थ्यसंग सम्बन्धित विभिन्न क्रियाकलाप हुदै आएकोमा सो को समिक्षा गर्न तथा वि‌द्यालय स्वास्थ्य कार्यक्रम सम्बन्धि अभिमुखीकरण गर्न लागेकाे हाे ।

सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा तीन दिन हुने कार्यक्रममा तीन वटा छुट्टाछुट्टै समुहमा समीक्षा र अभिमुखिकरण हुने स्वास्थ शाखा प्रमुख रवि कु‌मार भास्करले जनाएका छन् ।

बैशाख २७, २९ र ३० गते हुने कार्यक्रम अन्तरगत पहिलो दिन १६ वटा सार्वजनिक माध्यमिक विद्यालय, २९ गते संस्थागत विद्यालय र स्वास्थ संस्थाकाे, ३० गते ४५ वटा सार्वजनिक आधारभुत विद्यालयकाे समीक्षा र अभिमुखिकरण हुने छ ।

विद्यालयबाट प्रधानाध्यापक, स्वास्थ्य शिक्षक, स्वास्थ दुत, स्वास्थकर्मी सहभागी हुनेछन् ।

jeetpursimara_10th_nagarsava_suchana
nijgadh-supermart-adz1200-630