कुलमान घिसिङ्ग : रामेछापको बेथानदेखि विद्युतको हाकिमसम्म !
वि.सं.२०७८ साउन २७ बुधवार १९:३७
नेपाली जनताको आशाको केन्द्र कुलमान घिसिङ्ग सर्वाधिक रुचाईएका प्रिय पात्र हुन । जसले नेपाल विद्युत प्राधिकरणको निर्देशकको रुपमा पाएको जिम्मेवारीले नेपालले एउटा अध्यारो युगलाई विदा गर्दै उज्यालो नेपाल पायो ।
४ वर्षे कार्यकाल सकिएपछि पुनः नियुक्ति दिनुपर्छ भनेर सडक प्रदर्शन समेत भयो । उनले बाध्य भएर भन्नु¥यो–कोरानो कहरमा मेरो लागि आन्दोलनमा नउत्रिदिनुस् !
कुलमानको लोकप्रियता यति छ कि जसको देशका विभिन्न ठाउँमा होडिङ्ग बोर्ड बनाएर लेखिएको छ–उज्यालो नेपालका अभियन्ताको जय होस् ! जनताबाट दिएको यो खालको सम्मान आजसम्म सायद कुनै कर्मचारी, नेता र अभिनेताले सम्म पाएका छैनन् ।
पहाडी गाउँ बेथानबाट विद्युतको हाकिमसम्म !
पहाडी जिल्ला रामेछापको बेथानको एउटा गरिब तामाङ्ग परिवारमा सन् १९७० नोभेम्बर २५ मा कुलमानले जन्म लिए । गाउँकै सामुदायिक विद्यालयबाट अध्ययन सुरु गरे । ५ कक्षा पास गरेपछि उनी दाजुहरुसँग काठमाडौँ आएपछि बालसेवा माध्यमिक विद्यालयमा र पछि अमरआस बोर्डिङ स्कुलमा पढे । अस्कल क्याम्पसबाट आईएस्सी गरेपछि उनी छात्रवृत्तिमा भारतमा जम्सेदपुरबाट वि.स. २०५० मा विद्युतीय इन्जिनियरिङ गरे । इन्जिनियरिङ् सकेपछि करिव ०५१ तिर उनी स्वदेश फर्किए ।
पुल्चोक क्याम्पसबाट पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स गर्दा ‘इन्टिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमाण्ड साइड म्यानेजमेन्ट’ मा थेसिस गरेका उनले पोखरा विश्वविद्यालयबाट इएमबीए पनि गरेका छन् ।
विद्युतमा इन्ट्रि
भारतबाट फर्केपछि नेपाल विद्युत प्राधिकरणमा सातौँ तहको इन्जिनियर भए । उनले चिलिमे हाइड्रो पावरको प्रबन्ध निर्देशकको जिम्मेवारी पाए । प्राधिकरणको प्रबन्ध निर्देशक ११औ तहका कर्मचारी रहेका घिसिङ सन् २०१६ सेप्टेम्बरमा नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त भए ।
उज्यालो नेपाल
लोडसेडिङबाट मुक्तिघिसिङ कार्यकारी निर्देशक नियुक्त हुने वर्षमा सुक्खायाममा १८ घण्टासम्म पनि लोडसेडिङ गर्नुपर्ने अवस्था थियो । घिसिङ नेपाल विद्युत प्राधीकरणको प्रवन्ध निर्देशक पदमा सेप्टेम्बरमा नियुक्त भए भने नियुक्त भएको दोस्रो महिना अर्थात् अक्टोबर–३० (२०७३ कात्तिक १४ (लक्ष्मी पूजा) मा काठमाडौँबाट लोडसेडिङ मुक्त गर्ने कार्य परीक्षणको रूपमा शुरु गरे ।
सो परीक्षण सफल भएको आधरमा २०७३ चैत्र १ देखि देशव्यापी रूपमा लोडसेडिङ्ग अन्त्य गर्न उनी सफल भए । घाटामा रहेको विद्युत प्राधिकरणलाई नाफाचार वर्षअघि करिब ३५ अर्ब सञ्चित घाटामा रहेको प्राधिकरण कुलमानको नेतृत्वमा आर्थिक वर्ष २०७६÷७७ मा सरकारी संस्थानमध्ये सबैभन्दा बढी नाफा कमाउने कार्यालय बनेको थियो ।
उनले नेतृत्व सम्हालेपछि विद्युत चुहावटमा कमीमा आयो । चार वर्षअघि प्रणालीमा रहेको करिब २६ प्रतिशत विद्युत् चुहावटलाई १५ प्रतिशतमा झार्नु घिसिङ कार्यकालको अर्को उपलब्धि हो ।
उनले रुग्ण आयोजना सम्पन्न गर्ने योजना अघि सारे । घिसिङले ६० मेगावाटको त्रिशूली थ्रीए, चमेलिया र कुलेखानी–३ जस्ता रुग्ण आयोजना सम्पन्न गराए । घिसिङले आफ्नो कार्यकालमा पनि ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना भने पूरा भएन । निर्माण सकिने अन्तिम चरणमा रहेको आयोजना कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय विज्ञहरू उपस्थित हुन नसक्दा परीक्षणमा जान पाएको छैन ।
त्यस्तै प्रसारण लाइनको विस्तार, ग्रामीण विद्युतीकरण, अन्तरदेशीय विद्युत व्यापारमा वृद्धि जस्ता उपलब्धि हासिल गर्दा उनको पहिलो कार्यकाल सकियो । उनको पुनः नियुक्ति नभएर देश पुनः लोडसेडिङ्गको अध्यारोमा फर्किने हो कि भन्ने चिन्ताले सताको बेलामा प्राधिकरणमा कुलमानको ‘कमब्याक’ भएको छ ।
प्रचण्ड र जर्नादनको प्रशंसा
कुलमान घिसिङ्गले सार्वजनिक रुपमै तत्कालिन प्रधानमन्त्री प्रचण्ड र उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरणले अवसर दिएकै कारण आफुले लोडसेडिङबाट मुक्ति नेपाल बनाउन सकेको बताउने गरेका छन् । ४ वर्षे कार्यकाल सकिएपछि उनलाई पुनः नियुक्त गर्न तत्कालिन नेकपा नेतृत्वको सरकारलाई तत्कालिन अध्यक्ष प्रचण्डले प्रस्ताव गरेपनि पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका थिए ।
सरकार परिवर्तनपछि शेरबहादुर देउवा प्रधानमन्त्री भएसंगै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कुलमानलाई ल्याउन प्रयास गरे । उर्जा मन्त्रालय माओवादीकै भागमा प¥यो । माओवादी नेतृ पम्फा भुसाल मन्त्री भईन् । मन्त्रिपरिषद्को मंगलबारको बैठकमा मन्त्री भुसालको प्रस्तावमा कुलमान पुनः ४ वर्षका लागि प्राधिकरणको नेतृत्वमा फर्किएका छन् ।
यो पनि पढ्नस्
प्रचण्डको सल्लाहमा प्रधानमन्त्री देउवाले कुलमानलाई विद्युत प्राधिकरणमा ल्याउने तयारी
नेकपा (एमाले) की नेतृ राधा ज्ञवालीले उर्जा मन्त्रालयको नेतृत्व गर्दा कुलमानलाई चिलिमे हाइड्रो पावरको प्रबन्धबाट हटाइएर प्राधिकरणको केन्द्रमा ल्याएर करिब दुई वर्षसम्म जिम्मेवारी विहीन बनाएकी थिईन् । क्षमता भएर पनि जिम्मेवारी विहीन भएका कुलमानलाई माओवादी केन्द्र नेतृत्वको सरकारले कुलमानलाई प्राधिकरणको नेतृत्व गर्ने जिम्मेवारी दिएको भन्दै अध्यक्ष प्रचण्ड र नेता जर्नादनको प्रशंसा हुने गरेको छ ।
उनीमाथि लाग्ने आरोप
उज्यालो नेपाल बनाएका कुनलमानले आँशु झार्दै पत्रकार सम्मेलन गर्नुप¥यो । प्राधिकरणको प्रमुख नियुक्त हुदाँ हाजिर गर्न समेत अवरोध झेलेका कुलमान आरोपित समेत हुनुप¥यो । उनीमाथि भारतबाट विद्युत् आयात गरी लोडसडिङ अन्त्य गरेका, लोकप्रियताको आडमा राजनीतिक नेतृत्वलाई नेटेर्ने गरेको, कर्मचारीप्रति निर्मम बनेको र प्रचारमुखी भएको साथै प्राधिकरणले भविष्यमा हुने खपतलाई ध्यानमा राखेर ठूला र जलाशययुक्त आयोजना बनाउनुपर्नेमा त्यसतर्फ ध्यान नदिएको आरोप लागेको थियो ।
यो पनि पढ्नस्
विद्युत् प्राधिकरणमा कुलमान घिसिङको स्वागत
अन्त्यमा भव्य स्वागतसहित प्राधिकरण प्रवेश गरेका कुलमानले ४ वर्षमा कमाएको ‘मान’ लाई जोगाउँदै प्राधिकरणलाई अर्को उचाईमा पु¥याउने शक्ति मिलोस् हार्दिक शुभकामना !
-लेखक नेपाल पत्रकार महासंघ प्रदेश २ का सदस्य हुन् ।
वि.सं.२०७८ साउन २७ बुधवार १९:३७