उपत्यकामा थपिए ५ हजार २९९ जना कोरोना संक्रमित
वि.सं.२०७८ माघ ७ शुक्रवार १६:४९
1.64K
shares

काठमाडौं उपत्यकामा थप ५ हजार २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ४२ सय ७९, भक्तपुरमा ४५३ र ललितपुरमा ५६७ जना कोरोना संक्रमित थपिएका हुन्।
यस्तै पछिल्लो २४ घन्टामा देशभर १० हजार ७०३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। २३ हजार ९२ वटा नमूना परीक्षण गराउँदा १० हजार ७०३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै, सोही अवधिमा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ७६६ जना कोरोनामुक्त भएका छन्। हाल नेपालमा ६५ हजार ३७४ जना कोरोनाका सक्रिय संक्रमित छन्।
वि.सं.२०७८ माघ ७ शुक्रवार १६:४९
















