मेलम्चीको पानी यस वर्षभित्रै काठमाडौंमा ल्याउने प्रधानमन्त्री देउवाको प्रतिवद्धता
वि.सं.२०७८ माघ ७ शुक्रवार १६:५५
1K
shares

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्चीको पानी यस वर्षभित्र काठमाडौंवासीका लागि ल्याइने प्रतिवद्धता जनाएका छन् ।
देउवाले बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मर्मत गरी यस वर्षभित्रै पानी ल्याइने जानकारी दिए ।
उनले आफ्नो नेतृत्वको सरकारले रासायनिक मल ‘जी टू जी’ मार्फत खरिदका लागि प्रक्रिया अघि बढाएको पनि जानकारी दिए । उनले धान र उखुको न्यूनतम खरिद मूल्य निर्धारण गरिएको भन्दै किसानलाई यसबाट राहत पुग्ने विश्वास सरकारले लिएको जानकारी दिए ।
वि.सं.२०७८ माघ ७ शुक्रवार १६:५५
















