बारागढी गाउँपालिकाको सातौं गाउँसभा असार ९ गते आह्वान, नीति तथा बजेट प्रस्तुत गरिँदै
वि.सं.२०८२ असार ८ आइतवार १४:०२

बारा–बारागढी गाउँपालिका, चोपका बाराले आगामी २०८२ असार ९ गते सोमबार बिहान ११:०० बजेका लागि गाउँसभाको सातौं अधिवेशन (तेश्रो कार्यकाल) बोलाएको छ ।
गाउँ कार्यपालिकाको कार्यालयमा बस्ने सो सभामा नीति तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक र योजना तर्जुमा सम्बन्धी महत्वपूर्ण एजेन्डाहरू प्रस्तुत गरिने छन् ।
गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवालद्वारा हस्ताक्षरित सूचना अनुसार, सभा सञ्चालन हुने भएकाले गाउँसभा सदस्यहरूको उपस्थितिका लागि हार्दिक अनुरोध गरिएको छ ।
सभामा छलफल हुने प्रमुख विषयहरू आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट सम्बन्धमा, आ.व. २०८२/०८३ को आर्थिक विधेयक सम्बन्धमा, आ.व. २०८२/०८३ को विनियोजन विधेयक सम्बन्धमा, आ.व. २०८२/०८३ को योजना तर्जुमा तथा प्राथमिकिकरण लगायतका सम्बन्ध रहनेछ ।
बैठकमार्फत बारागढी गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा विकास योजनाहरू सार्वजनिक गर्नेछ ।
वि.सं.२०८२ असार ८ आइतवार १४:०२
















