skip this

निजगढमा अपांगता भएका व्यक्तिहरुको शारीरिक परीक्षण तथा सहायक सामग्री नापजाँच शिविर सम्पन्न

1.16K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा– निजगढ नगरपालिकाको आयोजनामा प्रेरणा शारीरिक पुनर्स्थापना केन्द्र, लालबन्दी, सर्लाहीको सहकार्यमा शनिबार अपांगता भएका व्यक्तिहरुको शारीरिक परीक्षण तथा सहायक सामग्री नापजाँच शिविर सम्पन्न भएको छ ।

उक्त शिविरमा नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र बहादुर अर्याल, प्रहरी निरीक्षक जीवन लामिछाने, अपांगता परिचय पत्र वितरण समन्वय समितिका सदस्यहरु बबिता श्रेष्ठ, बिक्रमराज लामा, मेडिकल अधिकृत डा. विकास लामा, स्वास्थ्य शाखा प्रमुख रमेश लामा, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रोजी श्रेष्ठ लगायत अन्य कर्मचारीहरुको समेत सक्रिय उपस्थिति रहेको थियो ।

शिविरमार्फत अपांगता भएका व्यक्तिहरुको अवस्था विश्लेषण गरी उनीहरुलाई आवश्यक सहायक सामग्रीको नापजाँच गरिएको तथा आगामी दिनमा आवश्यक उपकरण वितरणको तयारी भइरहेको नगरपालिकाले जानकारी दिएको छ ।

कार्यक्रमहरुले अपांगता भएका नागरिकहरुको जीवन सहज बनाउने विश्वास नगरपालिकाले व्यक्त गरेको छ।

nijgadh-supermart-adz1200-630