skip this farak Kura Pravakar

निजगढ नगरसभाको सोह्रौं अधिवेशन बैठक स्थगित, भोलि बस्ने

1.09K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-निजगढ नगरपालिकाको नगर सभा सोह्रौं अधिवेशन अन्तर्गतको आज बस्ने भनिएको बैठक विशेष कारणबस स्थगित भएको छ । नगर कार्यपालिकाको कार्यालयद्वारा सोमबार (२०८२ असार ९) सार्वजनिक सूचनामार्फत उक्त जानकारी दिइएको हो ।

यसअघि २०८२ असार ३ गते प्रकाशित सूचनाअनुसार, अधिवेशन अन्तर्गतको बैठक आज दिउँसो २:०० बजे बस्ने तय गरिएको थियो ।

बजेट सिलङमा सहमति जुट्न नसक्दा आज बैठक बस्न नसकेकाे हाे ।

अब नगर सभाको अर्को बैठक भोलि असार १० गते (मंगलबार) दिउँसो २:०० बजे नगर कार्यपालिकाको सभाहलमा बस्ने नगरप्रमुख सुरथ पुरीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

नगरपालिकाले सम्पूर्ण नगर सभा सदस्यहरूलाई भोलिको बैठकका लागि उपस्थित रहन अनुरोध गरेको छ ।

nijgadh-supermart-adz1200-630