skip this farak Kura Pravakar

दुधौरा खोलाको बेलिब्रिज अवलोकन गर्न बाराका प्रमुख जिल्ला अधिकारीसहितको टोली स्थलगत निरीक्षणमा

1.04K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीसहितको जिल्ला सुरक्षा समिति टोलीले आज पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दुधौरा खोलामा निर्माणाधीन पुल र बेलिब्रिजको अवस्था स्थलगत निरीक्षण गरेको छ ।

नदीमा पानीको बहाव बढ्दै गएपछि सम्भावित विपद् व्यवस्थापनको तयारी स्वरूप उक्त निरीक्षण गरिएको हो। टोलीले बेलिब्रिजको अवस्था, नदीको बहाव र पुलको निर्माण कार्यको प्रगति समेत अवलोकन गरेको छ ।

निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी अधिकारीले सुरक्षा निकाय तथा निर्माण व्यवसायीका प्रतिनिधिहरूसँग छलफल गर्दै आवश्यक सुरक्षा र सतर्कता अपनाउन निर्देशन दिएका छन् ।

विशेषगरी वर्षा याममा नदीको वहाव आकस्मिक रुपमा बढ्ने सम्भावनालाई मध्यनजर गर्दै तत्कालका लागि निम्न उपायहरू अवलम्बन गर्न निर्देशन दिइएको छ ।

निर्देशन अनुसार लिब्रिजको दुवै छेउमा सुरक्षाकर्मी खटाउने, एकपटकमा एक मात्र सवारी साधन बेलिब्रिजबाट पार गराउने, आपत्कालीन अवस्थामा प्रयोगका लागि एउटा स्काभेटर स्ट्यान्डबाई राख्ने निर्देशन भएको हाे ।

स्थानीय प्रशासनले नागरिकलाई सावधानी अपनाउन आग्रह गर्दै जोखिम न्यूनिकरणका लागि आवश्यक पूर्वतयारीलाई प्राथमिकता दिएको छ।

nera mabi laal
nijgadh-supermart-adz1200-630