प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘सर्वदलीय बैठक बोलाइएकै थिएन’
वि.सं.२०७८ माघ ८ शनिवार १०:४६
1.37K
shares

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले सर्वदलीय बैठक नबोलाइएको बताएको छ ।
आज बिहान ९ बजे बैठक बस्ने खबरहरु बिभिन्न सञ्चारमाध्यममा आएपछि प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले भने, ‘आज बैठक बोलाइएकै छैन।’
यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले पनि बैठकबारे कुनै जानकारी नभएको बताएको थियो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भनिएको बैठकमा सत्ता गठबन्धन, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सहित संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको बताइएको थियो।
वि.सं.२०७८ माघ ८ शनिवार १०:४६
















