बद्री उप्रेतीका दुई मुक्तक
वि.सं.२०७८ माघ ८ शनिवार १०:१७
2.85K
shares

✍️ बद्री उप्रेती
(१)
चाहिँदैन रगतकै नाता जो पनि वंश बन्छ
वंशकै भएपनि कोही कोही त निरंश बन्छ
सही ठाउँमा खेल्ने गर्नु ठिक्क मात्र पेल्ने गर्नु
धेरै हेप्ने पेल्ने गरे, सज्जन पनि कंस बन्छ ।
(२)
मौका मिलाई एकान्तमा, भेट्न पाए हुन्थ्यो
एकै झल्को देख्ने रहर मेट्न पाए हुन्थ्यो
तिम्रो यादमा तड्पिएर रोइ बस्नु भन्दा,
बरू तिम्रै हातले गला मेरो रेट्न पाए हुन्थ्यो ।
-काठमाडौं
वि.सं.२०७८ माघ ८ शनिवार १०:१७
















