skip this yams_Max_Hospital.jpeg

मौसम पूर्वानुमानः यी क्षेत्रमा ठूलो वर्षाको सम्भावना,सतर्कता अपनाउन आग्रह

981 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ :  हाल मनसुनी न्युन चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तरगतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल मनसुनी न्युन चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ।
दिउँसो देशका अधिकाँश स्थानहरूमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी,  लुम्बिनी र सुदुरपश्चिम प्रदेशका  एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति देशका अधिकाँश स्थानहरूमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश , गण्डकी,  लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
देशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित ठूलो वर्षाको सम्भावना रहेकोले  पहाडी भू- भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

nijgadh-supermart-adz1200-630