skip this

प्रभावग्राही दरभाउ नआएपछि करैयामाई गाउँपालिकाले औषधि खरिदको ठेक्का रद्ध गर्‍यो

1.06K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा—करैयामाई गाउँपालिकाले आधारभूत तथा आकस्मिक औषधि खरिदका लागि आह्वान गरिएको ठेक्का रद्ध गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाबाट २०८२ साल भदौ १८ गते मिलन राष्ट्रिय दैनिकमा पहिलोपटक प्रकाशित शिलबन्दी दरभाउपत्र नं. ०१÷०८२÷०८३ अन्तर्गत औषधि खरिद सम्बन्धी सूचना जारी गरिएको थियो। तर मूल्यांकन समितिको मिति २०८२ साल कात्तिक १३ गतेको निर्णयअनुसार पेश भएका कुनै पनि दरभाउपत्र सारभूत रूपमा प्रभावग्राही नभएको ठहर गरिएको गाउँपालिकाले जनाएको छ ।

त्यसैले सो ठेक्का रद्ध गरिएको जानकारी गाउँपालिकाले सार्वजनिक सूचना मार्फत दिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले हस्ताक्षर गरेको उक्त सूचनामा सम्बन्धित सबै पक्षलाई जानकारीका लागि यो सूचना प्रकाशित गरिएको उल्लेख छ ।

nijgadh-supermart-adz1200-630