skip this

गाेरु तस्करीकाे आशंकामा माेहाेरी क्षेत्रबाट ट्रक स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए

1.23K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-गाेरु तस्करीमा संलग्न ट्रक निजगढकाे माेहाेरी क्षेत्रबाट स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

पटकपटक तस्करीमा संलग्न रहेका किरण नेपालले गाडीमा लाेड गर्न थालेको अवस्थामा निजगढ-४ का स्थानीयले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय निजगढमा बुझाएका हुन् ।

विगतमा तस्करी समुहले प्रलोभनमा पारेर तस्करीमा स्थानीयलाई प्रयोग गरेका थिए । त्यहीँ मध्येका तीन जना स्थानीयलाई प्रहरीले पक्राउ परेर मुद्दा चलाएपछि आक्राेशित बन्दै आएका थिए ।

ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेले एक दर्जन गाेरू लाेड भएको चालकसहितकाे ट्रक नियन्त्रणमा लिएको बताउँदै आवश्यक अनुसन्धानका लागि क्वारेन्टाइनमा बुझाउने तयारी भईरहेकाे जानकारी दिए ।

बारा र मकवानपुरको सिमाना धामी खाेल्सीबाट लाेड गर्दा गर्दै स्थानीयले नियन्त्रणमा लिएका थिए ।

nijgadh-supermart-adz1200-630