skip this

दुर्गा प्रसाईंलाई तत्काल थुनामुक्त गर्न सर्वोच्चको आदेश

552 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तत्काल थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आइतबार थुनामुक्त गर्न आदेश दिएको हो ।

यसअघि यो रिटमा सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको इजलासले बिहीबार प्रसाईंलाई २४ घण्टाभित्र सशरीर उपस्थिति गराउन आदेश गरेको थियो ।

प्रसाईंका छोरा निराजनले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए । जसमा सुनुवाइ गर्दै न्यायाधीश पोखरेलको इजलासले कारण देखाऊसहित प्रतिवादीलाई उपस्थिति गराउने आदेश गरेको थियो ।

प्रशासनले अनुमति नदिएकै बखत विरोध प्रदर्शनको धम्की दिएपछि उनलाई सार्वजनिक शान्तिविरुद्धको अभियोगमा प्रहरीले पक्राउ गरी जिल्ला प्रशासनको अनुमतिमा म्याद थप गरी थुनामा राखिएको छ ।

nijgadh-supermart-adz1200-630