skip this farak Kura Pravakar

बारा क्षेत्र नं. १ मा प्रतिनिधि छनौंट प्रक्रिया स्थगित

1.67K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-नेकपा (एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशनका लागि बारा क्षेत्र नं. १ बाट प्रतिनिधि छानोट प्रक्रिया सहमति जुटाउने प्रयाससँगै केही समयका लागि रोकिएको छ।

निर्वाचन संयोजक भरत बहादुर भण्डारीले जारी गरेको सूचना अनुसार सहमतिको प्रयास जारी रहेको हुँदा अर्को सूचना नआएसम्मका लागि छानोट प्रक्रिया स्थगित गरिएको छ। यसअघि तय गरिएको मिति अनुसार २०८२/०८/१३ गते दिउँसो १२ बजेसम्मका लागि प्रतिनिधि छानोट स्थगित गरिएको हो।

पार्टीभित्र सहमतिको वातावरण निर्माण गर्दै विवादरहित ढंगले प्रतिनिधि छनोट गर्नका लागि प्रक्रिया थोरै समयका लागि रोकिनु सकारात्मक कदमका रूपमा लिइएको छ।

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै बारा क्षेत्र नं.–१ बाट प्रतिनिधि छनौंटका लागि ३२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यो क्षेत्रबाट दुई/दुई जना खुला र महिला, एक जना यूवा गरि पाँच जना निर्वाचित हुनेछन् । जसमा युवा क्लस्टरमा ९ जनाको उम्मेदवारी दर्ता भएको छ । त्यसैगरि महिलातर्फ ४ जना र खुलातर्फ १९ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत भरतबहादुर भण्डारीले जानकारी दिएका छन् ।

२४ सय ३७ प्रतिनिधि रहेको बारा–१ मा प्रतिस्पर्धा रोचक हुने देखिएको छ । मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशन हुनेछ ।

nera mabi laal
nijgadh-supermart-adz1200-630