skip this farak Kura Pravakar

कामबाट हटाएकाे झाेकमा साथीसँग मिलेर चालकले गरे उद्योगका व्यवस्थापककाे हत्या

1.77K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-कामबाट हटाएकाे झाेकमा साथीसँग मिलेर चालकले उद्योगका व्यवस्थापककाे हत्या गरेकाे खुलेकाे छ ।

बाराको प्रसौनी गाउँपालिका–६, भलुही चोकमा रहेको किरण बेभरेज नेपाल प्रा.लि. (पानी फ्याक्ट्री) का व्यवस्थापक राम किशोर सिंहकाे हत्या भएको थियाे ।

व्यवस्थापक सिंहकाे उद्योगभन्दा करिब २५ मिटर उत्तरतर्फको खाल्डोमा बीभत्स हत्या भएको अवस्थामा फेला परेकाे थियाे ।

घटनाकाे खबर पाउनासाथ खटिएकाे प्रहरीले तत्काल अनुसन्धान अघि बढाएको थियाे । प्रहरीले पर्साकाे वीरगंज–२२ मनियारीका २१ वर्षिय राजन कुमार राम र उनका साथी वीरगंज महानगरपालिका–२२ का ३२ वर्षिय प्रमोद साह तुरहालाई पक्राउ परेका छन् ।

उनीहरुले धारिलो हतियार र ईट प्रहारबाट हत्या गरी शव खाल्डोमा फालिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बारा प्रहरीले प्रेस नाेट मार्फत जानकारी दिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उद्योगमै चालकको रूपमा काम गर्दै राम र सिंह विच पटक पटक विवाद भएको थियाे ।

उनीहरु विच गत वर्ष गढीमाई मेलाको क्रममा गाडीको क्लजप्लेट जलाएको विवाद भएको थियाे । त्यस्तै उद्योगको पानीलाई तोकिएको मूल्यभन्दा बढीमा व्यक्तिगत नाफा कमाउँदै बेच्ने गरेको विषय बाहिरिएपछि व्यवस्थापक सिंहले चालक रामलाई कामबाट हटाएका थिए ।

कामबाट हटाएकाे रिसले रामले आफ्नो साथी प्रमोद साह तुरहासँग मिलेर हत्या योजना बनाएको प्रहरीले जनाएको छ ।

हत्या गर्ने उद्देश्यले दुवैले जाँड–रक्सी सेवन गरी फ्याक्ट्रीमा पुगेका र साथमा बोकेका धारिलो हतियार तथा ईट प्रहार गरी सिंहको हत्या गरेको स्वीकारोक्ति प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।

यसरी पक्राउ परे

पर्सा प्रहरीको समन्वयमा राजन कुमार राम भारततर्फ भाग्ने क्रममा छिपहरमाई–५, भिस्वा नाकाबाट र प्रमोद साह तुरहा वीरगंज महानगरपालिका–२२ मा लुको–छिपो बसेको अवस्थामा पक्राउ परेका हुन् ।

दुवैजनालाई पक्राउ गरी बारा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।

प्रहरीले रगत लागेको फलामको छुरा १ थान र रगत लागेको ईट १ थान बरामद गरेकाे छ ।

nera mabi laal
nijgadh-supermart-adz1200-630