सिमरामा साना किसान कृषि सहकारीले उपभोक्ता पसल सञ्चालन प्रारम्भ
वि.सं.२०८२ मंसिर १२ शुक्रवार २१:५६
792
shares

बारा-सिमरास्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले उपभोक्ता पसल सञ्चालनमा ल्याएको छ। सहकारीले आफ्ना सदस्यहरूलाई दैनिक आवश्यकताका वस्तु तथा कृषि आधारित परिकार सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सेवा सुरु गरेको जनाएको छ।
उपभोक्ता पसलमार्फत मसला पिस्ने सेवा, मसलाका विभिन्न परिकार, अर्गानिक कोदो–फापरको पीठो, तथा अन्य उपभोग्य सामग्री उपलब्ध गराइने सहकारीका अध्यक्ष कमला अधिकारीले जानकारी दिइन् ।

उनका अनुसार सहकारीले सदस्यमैत्री सेवा विस्तारमार्फत स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै आत्मनिर्भरता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।
सहकारीका पदाधिकारी, स्थानीय प्रतिनिधि तथा सदस्यहरूको उपस्थितिमा उपभोक्ता पसलको औपचारिक उद्घाटन गरिएको थियो
वि.सं.२०८२ मंसिर १२ शुक्रवार २१:५६

















