skip this

एमडी प्रवेश परीक्षामा सहभागी नक्कली तीन जना परीक्षार्थी पक्राउ

1.5K shares
oil-nigam-amlekhgunj-adv.jpeg

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चिकित्सा शिक्षा आयोगले लिने एमडी/एमएसको प्रवेश परीक्षामा सहभागी नक्कली परीक्षार्थीसहित तीन जना भारतीय नागरिकलाई काठमाडौ‌बाट पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा नक्कली परीक्षार्थी भारतको उत्तर प्रदेश घर भएका ३० वर्षीय जितेन्द्रकुमार मिश्रा, बिचौलियाका रुपमा सहयोग गर्ने भारतको विहार घर भएका ३४ वर्षीय शशि भुषण सिंह र परीक्षामा अमर्यादित गतिविधी गर्ने बिहारकै ३२ वर्षीय कृष्ण मुरारी रहेका छन् ।

शिक्षा ऐन,२०२८ अनुसार उनिहरुमाथी अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । शनिबार सञ्चालन भएको परीक्षामा सहभागी मिश्रा नक्कली परीक्षार्थी भएको सीआईबीको दावी छ ।

मिश्रा भारतीय चिकित्सक हुन् । उनले एक नेपालीको नाममा प्रवेश परीक्षा दिइरहेको बताइएपनि सीआईबीले ती व्यक्तिको परिचय गोप्य राखेको छ ।

nijgadh-supermart-adz1200-630