कोरोना विरुद्धको खोप लगाएको केही बेरमै एक जनाको मृत्यु
वि.सं.२०७८ माघ ९ आइतवार १७:३४
1.8K
shares
सांकेतिक तस्विर ।
कोरोना भाइरसविरुद्धको खोप लगाएको केही मिनेटमै कैलालीका एक जनाको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका–४ ‘के’ गाउँका ५३ वर्षीय रामदास डगौराको मृत्यु भएको हो ।
स्थानीय आधारभूत स्वास्थ्य केन्द्रमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाएका डगौरा घर नपुग्दै मृत्यु भएको वडाध्यक्ष भिखराम चौधरी बताए ।
मृतक डगौराका श्रीमती, दुई छोरी र एक छोरा छन् ।
स्वास्थ्य कार्यालय कैलालीका प्रतिनिधि, सुरक्षाकर्मी, मृतकका परिवार र जनप्रतिनिधिबिच छलफल पछि शव परीक्षणका लागि धनगढी पठाइएको वडाध्यक्ष चौधरीले बताए ।
वि.सं.२०७८ माघ ९ आइतवार १७:३४

















