चितवनमा कारुणीक मृत्यु : टिकौलीको निर्माणाधीन नाला बन्यो गैँडाको धराप
वि.सं.२०७८ माघ ९ आइतवार २१:०३

काठमाण्डौं : पूर्व पश्चिम राजमार्ग ६ लेनको सडक निर्माणको चरणमा छ । टिकौली जङ्गलमा सडकको नाला धमाधम बनिरहेको छ ।
नाला बनेर बाहिरी पटीको भागमा माटो नपुरी अलपत्र छाडिएको छ । त्यहिँ नालाको बाहिरी भागमा अड्कीएर मरेको अवस्थामा आईतबार दिउँसो एउटा पोथी गैँडा फेला परेको छ ।

कारुणीक मृत्यु
चितवन राष्ट्रिय निकुञ्जनको गैँडा नाला र जंगलको बीचमा परेको हो साँघुरो ठाउँमा गैँडाको मुन्टो जोत्यो र खाक अड्कीएपछि बाहिर निस्कन सकेन । मुन्टो तल र जीउ माथि भएको अवस्थामा बाच्नको लागि संघर्ष गर्दा गर्दै गैँडाले ज्यान गुमाएको कारुणीक तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य समेत रहेका स्थानीय भुपेन्द्र बस्नेतले तस्वीर सार्वजनिक गर्दै दुर्लभ गैँडाको दुखद् अन्त्य भनेका छन् ।

कारबाहीको माग
नेता बस्नेतले नाला निर्माण ठेकेदारको लापरबाहीको कारण विश्वको दुर्लभ एक सिंगे गैँडाले ज्यान गुमाएको घटनाको छानविन र कारबाहीको माग गरेका छन् । ठेकदारलाई बेलैमा खाडल पुरेको भए यो घटना नहुने भन्दै उनले संवेदनाहिन विकास, लापरवाहीको पराकाष्ठ र सार्वजनिक जवाफदेहिताको अभावमा यो प्रकृतिका अपराध बढ्दै जानु चिन्ताजनक भएको बताए ।

विकासको नाममा वन्यजन्तुको विनास भईरहेको प्रति चिन्ता व्यक्त गर्दै नेता बस्नेतले भने–‘व्यवस्थित विकास हुनुप¥यो । वनजन्तुको सुरक्षामा ध्यान दिनुप¥यो,’ फरक नेपाल डट कमसंग भने–समन्वयात्मक विकासमा जोड दिनुपर्दछ ।’ प्रहरी चौकी नजिकै भएर पनि ध्यान नपुग्नु दुखद् भएको भएको बताए ।
राइनाको पहिचान बनेको चितवनले एउटा गैँडा गुमाउनु विश्वको लागि समेत नोक्सान हो । ‘हाम्रो चितवनको पहिचान र हाम्रो राष्ट्रको गहना हो,’ उनले भने–पूर्व पश्चिम राजमार्ग अन्तर्गत भरतपुरको गोन्द्राङ सडक छेउमा खनेको नालामा खसेर मृत्यु हुनु दुखद् कुरा हो । समयमै काम सम्पन्न नगर्ने र नाला बनाएसी नपुर्ने यस्ता लापर्बाही गर्ने सबैलाई सरकारले कार्बाही गर्नुपर्छ ।’

चालु वर्षमै २१ वटा गैँडा मरे
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अन्दाजी ८/१० वर्षको पोथी गैँडा मृत अवस्थामा भेटिएको हो । घटनास्थलतर्फ निकुञ्जको प्राविधिकसहितको टोली पठाइएको उनले जानकारी दिए । चालु आर्थिक वर्षमा योसँगै २१ वटा गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी सिकारीले मारेका हुन् भने अन्य प्राकृतिक कारणले मरेका हुन् ।

वि.सं.२०७८ माघ ९ आइतवार २१:०३

















