skip this

राष्ट्रियसभा निर्वाचनमा १८ जनप्रतिनिधिले गरेनन् मतदान

1.34K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : राष्ट्रियसभा सदस्य निर्वाचनमा २००७ मतदाताले मतदान गरेका छन् ।
बुधबार भएको मतदानमा २०२५ मतदातामध्ये २००७ जनाले मतदान गरेका निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
यस अनुसार १८ जना जनप्रतिनिधि मतदान गर्न अनुपस्थित भए । राष्ट्रियसभाका १९ सदस्य चयनका लागि नौ दलका ४३ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
मधेश प्रदेशमा ६ जनप्रतिनिधिले गरेनन्
राष्ट्रिय सभाको निर्वाचनमा मधेश प्रदेशमा ३ सय ६६ जनाले मतदान गरेका छन् । जनकपुरधामस्थित महेन्द्रनारायण स्मृति प्रतिष्ठानको भवनमा भएको निर्वाचनमा ६ जना मतदाताले मतदान नगरेको निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । उनका अनुसार कुल ३ सय ७२ मतदातामध्ये ३ सय ६६ जनाले मतदान गरेका छन् ।
दुई जना प्रदेश सांसद, दुई जना मेयर र २ जना उप मेयरले मतदान नगरेको उनले बताए ।

nijgadh-supermart-adz1200-630