चाैतर्फि आलोचनापछि काठमाडौंमा सार्वजनिक सवारीसाधनमा जोरबिजोर हट्यो (आदेशसहित)
वि.सं.२०७८ माघ १४ शुक्रवार २१:३१

काठमाडौं : चाैतर्फि आलोचनापछि काठमाडौंमा सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली हटाईएकाे छ ।
सार्वजनिक यातायातका सवारीसाधनमा जोरबिजोर हटाइए पनि निजी सवारीसाधन र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै राखिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोविन्दप्रसाद रिजालले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी नयाँ आदेश जारी गरेका छन् ।
जाेडबिजाेरले सवारी साधनमा भिडभाड झन बढेकाे भन्दै सरकारकाे आलाेचना गर्दै आदेशकाे विकल्प खाेज्नु पर्ने आवाज उठेपछि प्रशासनले पुनर्विचार गरेकाे हाे ।
कोभिड महामारी नियन्त्रण र रोकथामका लागि भन्दै स्मार्ट लकडाउन सम्बन्धी कार्यविधिअनुसार प्रशासनले नयाँ आदेश जारी गरेको छ । विश्वविद्यालय, विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन नगर्ने आदेशलाई माघ मसान्तसम्म लम्ब्याइएको छ । हेर्नुस् आदेश 
वि.सं.२०७८ माघ १४ शुक्रवार २१:३१
















