नौवटा सिमेन्ट उद्योगलाई लाग्याे भ्रष्टाचारकाे आरोप ! सिमेन्ट उत्पादक संघले गर्याे बचाउ
वि.सं.२०७८ माघ १४ शुक्रवार २०:५९

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ वटा सिमेन्ट उद्योगलाई भ्रष्टाचारकाे आराेप लगाएकाे छ ।
आयाेगले सिमेन्ट उद्योगसहित खानी तथा भूगर्भ विभागका रामप्रसादविरुद्ध विशेष अदालतमा बुधबार मुद्दा दायर गरेको हाे । 
अख्तियारले उद्योगहरूले अनुमतिभन्दा बढी चुनढुंगा उत्खनन् गरी राज्यलाई १ अर्ब २६ करोड रुपैयाँ हानि नोक्सानी पु¥याएको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
सिमेन्ट उत्पादक संघकाे बचाउ
सिमेन्ट उत्पादक संघ भ्रष्टाचारको आरोप लागेका ९ वटा सिमेन्ट उद्योगको बचाउमा उत्रिएको छ ।
आयोगले मुद्दा दायर गरेपछि संघले आज विज्ञप्ति जारी गरी उद्योगको बचाउ गरेको हो ।
संघले अख्तियारले लगाएको आरोप निराधार भएको दाबी गरेको छ ।
संघले उद्योगहरूले अनुमतिपत्रमा तोकिएको वार्षिक परिमाणभन्दा केही थपघट उत्खनन् गरे पनि कुल तोकिएको भन्दा बढी परिमाण उत्खनन् नगरेको दाबी गरेको छ ।
सोही आधारमा तोकिए बमोजिमको रोयल्टीसमेत बुझाउँदै आएको संघको दाबी छ ।
संघकाे विज्ञप्ति 
वि.सं.२०७८ माघ १४ शुक्रवार २०:५९
















