प्रथम निजगढ महोत्सवको ‘प्रमुख अतिथि’ गृहमन्त्री लेखक !
आयोजकले काठमाण्डौ पुगेर दिएको निम्तो स्वीकारे

वि.सं.२०८१ माघ ४ शुक्रवार २२:२९

निजगढ–प्रथम निजगढ महोत्सवको ‘प्रमुख अतिथि’ टुङ्गो लागेको छ । गृहमन्त्री रमेश लेखकले महोत्सवको उद्घाटन गर्ने पक्का भएको छ ।
आगामी माघ ११ गतेदेखि २२ गतेसम्म निजगढमा आयोजना गर्न लागेको महोत्सवको उद्घाटनका लागि आयोजकले गृहमन्त्री रमेश लेखकलाई काठमाण्डौ पुगेर दिएको निम्तो स्वीकार भएको निजगढ उद्योग वाणिज्य संघका सदस्य ईन्दिप कोईरालाले जानकारी दिएका छन् ।
निजगढ उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवको उद्घाटन गर्न प्रमुख अतिथिमा गृहमन्त्री लेखकलाई निमन्त्रणा गर्न संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, पूर्व अध्यक्ष शम्भुबहादुर बुढाथोकी र प्रचार प्रसार संयोजक इन्दीप कोइरालालगायतको टोलीले काठमाण्डौमा छ ।
महोत्सवको निजगढ ८ स्थित खयरघारी मैदानमा माघ ११ गते दिउँसो १ बजे उद्धाटन हुने कार्यक्रम तय भएको छ ।
निमन्त्रणालाई स्वीकार गर्दै मन्त्री लेखकले उद्धाटन कार्यक्रममा सरिक हुने प्रतिबदता जनाएका हुन् ।
महोत्सव उद्घाटन समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई समेत आमन्त्रित गरिने भएको छ । मन्त्री भण्डारीसँग भोलि भेट हुने कार्यक्रम रहेको जनाईएको छ ।
“कृषि÷पर्यटन तथा औद्योगिक व्यापार, समृद्घिको आधार” भन्ने मुख्य नाराका साथ संघले निजगढमा पहिलो पटक महोत्सवको आयोजना गर्न लागेको हो ।
महोत्सवमा दैनिक हजारौं व्यवसायी र सर्वसाधारणले अवलोकन तथा कारोबार गर्ने र यसबाट स्थानीय तथा स्वदेशी उत्पादनसंगै कला संस्कृतिको प्रबद्र्धनमा टेवा पुग्ने अपेक्षा राखिएको निजगढ उद्योग बाणिज्य संघ जनाएको छ ।
महोत्सवले निजगढ क्षेत्रको मात्रै नभइ देशकै आर्थिक गतिविधि चलायमान पार्न सहयोग पुग्ने विश्वसा लिइएको अध्यक्ष श्रेष्ठको भनाई छ ।
कृषि र व्यापारिक स्टलहरुसंगै ख्यातिप्राप्त गायक र हास्य कलाकारहरुको प्रस्तुति दिनेछन् ।

वि.सं.२०८१ माघ ४ शुक्रवार २२:२९