skip this

राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिताको ट्रफी निजगढले जित्यो, पदक विजेतालाई पुरस्कृत गर्ने घोषणा

1.13K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बरा–बारा जिल्ला स्तरीय १५ औं राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगितामा पदक जित्ने खेलाडी र टिम व्यवस्थापकलाई निजगढ नगरपालिकाले पुरस्कृत गर्ने भएको छ ।

राष्ट्रपती रनिङ्ग शिल्डको प्रथम ट्रफी जितेर फर्किएका खेलाडीहरुको सम्मानमा शनीवार निजगढ ६ को जनसृजनशील खेल मैदानमा आयोजित प्रथम निजगढ नगर स्तरिय अन्तर माध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता उद्घाटन समारोहमा विजयी खेलाडीलाई सम्मान गरिएको थियो । खेलाडीलाई नगर परिक्रमा गराउँदै ट्रफि नगरपालिकाको कार्यालयमा पु¥याईएको थियो । त्यहाँ सक्षिप्त सम्बोधन गर्दै मेयर सुरथ पुरीले स्वर्ण पदक जित्ने प्रतिखेलाडी ३ हजार, रजत पदक विजेतालाई २ र कास्य पदक विजेता खेलाडीहरुलाई १/१ हजार रुपैयाको दरले पुरस्कार प्रदान गर्ने घोषणा गरे । त्यसैगरी प्रतियोगिता व्यवस्थापक ४ जनालाई पनि ४/४ हजार रुपैयाको दरले सम्मान गरिने नगर प्रमुख पुरीले घोषणा गरे ।

कलैयाको ब्रह्मपुरीमा शनीवार सम्पन्न बारा जिल्ला स्तरीय राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगितामा निजगढ १६ स्वर्ण, ८ रजत र ११ कास्यसहित ३५ पदक जितेर प्रथम भएको छ । साविकको ट्रफी विजेत जीतपुरसिमरा उपमहानगरपालिकालाई पछि पार्दै निजगढ विजेता बनेको हो । जीतपुरसिमरा १५ स्वर्णसहित ४७ पदक जितेर द्वितीय भएको छ भने कलैया उपमहानगरपालिका ९ स्वर्णसहित २६ पदक जितेर प्रतियोगितामा तृतीय बनेको छ ।

निजगढले छात्रा १००, २०० मिटर दौड, छात्र ४०० मिटर दौड, लङ्गजम्प र ट्रिपल जम्प र छात्रा सर्टफुटसहित तेक्वाण्डोतर्फका अधिकांश प्रतिस्पर्धामा स्वर्ण पदक जितेको हो ।

छात्रा १००, २०० मिटर दौडमा निजगढ ८ को गौरीशंकर माविकी अणु माझीले निजगढ नगरपालिकालाई स्वर्ण दिलाएकी थिइन । छात्र ४०० मिटर दौडमा बकैया ठाकुर माविका समिर कुवर र छात्रा सर्टफुटमा गौरीशंकर मावि निजगढ ६ सडक टोलकी अरुणिमा घिमिरेले स्वर्ण पदक दिलाइन् ।

त्यसैगरी लङ्गजम्प र ट्रिपल जम्पमा गौरीशंकर मावि निजगढ ८ कै आरोसीकुमारी चौधरीले २ वटा स्वर्ण पदक दिलाएकी छिन । ४×४०० रिले दौडमा छात्र छात्राको दुबै स्पर्धामा पनि निजगढले नै स्वर्ण हात पारेको छ ।

तेक्वाण्डोतर्फ भने निजगढ नगरपालिकाले बर्चश्व नै कायम गरेको छ । विभिन्न तौल समूहका १२ वटा प्रतिस्पर्धामा निजगढले ८ स्वर्ण जितेको छ । छात्र÷छात्राको ४५ केजी तौल समूहमा निजगढको लागि समिर नेपाली र बिनीमाया मोक्तानले स्वर्ण जितेका छन ।

त्यसैगरी छात्रा ४४ केजी तौल समूहमा अनिषा दर्लामी मगर, छात्र ४८ केजी तौल समूहमा बिपिन जिम्बा, छात्र ५१ केजी तौल समूहमा सचिन लामा, ५५ केजी तौल समूहमा सुरज गुरुङ्ग र ५९ केजी तौल समूहमा गौरव दहालले स्वर्ण जितेका छन् ।

त्यसैगरी छात्रा ४६ केजी तौल समूहमा निजगढकी प्रशंसा आले मगर, ४५ केजी तौल समूहमा बिनीमाया मोक्तानले निजगढको लागि स्वर्ण जितेका छन् ।
१०० मिटर छात्रतर्फ गौरीशंकर मावि निजगढ ८ का जीवन कुश्वार, ४०० मिटरतर्फ गौरीशंकर मावि निजगढ ८ कै आरतीकुमारी चौधरी, ज्याभलिङ्ग थ्रोमा सोही विद्यालयका प्रतिस चौधरीले निजगढको लागि रजत पदक जितेका छन ।

४ × १०० मिटर रिलेमा पनि गौरीशंकरकै खेलाडीहरुले निजगढको लागि रजत पदक दिलाएका छन् ।

त्यसैगरी छात्र सर्टफुटमा अरुण घिमिरे, छात्रा १५०० मिटरमा सुप्रिया लामा, छात्र १५०० मिटर दौडमा अरबिन्द कुशवाहा, छात्रा ज्याभलिङ्ग थ्रोमा रोशन विक र छात्रा ८०० मिटर दौडतर्फ कुशुम पण्डितले निजगढलाई कास्य पदक दिलाए ।

त्यसैगरी प्रतियोगितामा ७ स्वर्ण, २ रजत र ७ कास्य पदकसहित १६ पदक जितेर कोल्हबी नगरपालिका तृतीय बनेको छ ।

करैयामाई गाउँपालिकाले ४ स्वर्ण, ३ रजत र ७ कास्य हात पारेको भने परवानीपुर गाउँपालिकाले ३ स्वर्ण, २ रजत र ७ कास्यसहित १२ पदक जितेको छ ।

nijgadh-supermart-adz1200-630