शहर बसाउन होईन, निजगढ एयरपोर्टलाई चाहिने जमिन लिएर बनाउन प्राथमिकतामा राख्छौं : अर्थमन्त्री महत

फास्ट ट्रयाक बजेटको कारण नरोकिने

873 shares

बारा–अर्थमन्त्री प्रकाश शरण महतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनै पर्ने बताएका छन् ।

बाराको जीतपुरमा सञ्जिवनी बाटिकाको उद्घाटन पछि सम्बोधन गर्दै मन्त्री महतले वास्तवमा पोखरा भन्दा पहिला निजगढ बनाउनु पथ्र्यो भनेका छन् । विमानस्थल बनाउनु पर्नेमा शहर बनाउने कुरा गरेर जुन यहाँ आवश्यकता नै थिएन । पहिला एयरपोर्ट बनाउनु पर्नेमा शहर बनाउने कुरा आएको भन्दै मन्त्री महतले निजगढमा बस्न नभई प्लेन चढ्ने र ओर्लिन पर्यटक आउने बताए ।

‘शहर बसाउनका जग्गा लिने होईन,’ मन्त्री महतले भने–‘एयरपोर्टको लागि चाहिने जमिन लिएर विमानस्थल बनाउने कामलाई प्राथमिकतामा राख्छौं । म प्राथमिकता साथ मन्त्रिपरिषद्मा प्रस्ताव लैजान्छु ।’

ठुलो क्षेत्रफल वन विनास गरेर विमानस्थल बनाउन लागेको भन्दै अदालतमा मुद्दा परेको थियो । सरकारले कम क्षति हुने गरि विमानस्थल बनाउने तयारी गरेको छ ।

फास्ट ट्रयाकलाई चाहिने जति बजेट व्यवस्थापन गरिएको बताएका छन् । उनले फास्ट ट्रयाक बजेटको कारण नरोकिने बताए ।

‘काम गर्न नपाएर ढिला भएमात्र निर्माण ढिलाई होला,’ मन्त्री महतले भने– तर बजेट नपाएर ढिलाई हुँदैन ।

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस : जीतपुरमा अर्थमन्त्री महतले गरे सञ्जीवनी बाटिका उद्घाटन