पशुपति जलहरी प्रकरणः सदस्य सचिव थापा र निर्वतमान सदस्य सचिव ढकालविरुद्ध भ्रष्टाचारको मुद्दा

वि.सं.२०८० असोज १४ आइतवार १६:४५

काठमाडौ। अख्तियार दुरुपयोग अनुसन्धानआयोगले पशुपति जलहरी प्रकरणमा सुन हिनामिना गरेको आरोपमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीपकुमार ढकाल र तत्कालिन कोषाध्यक्ष मिलन कुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पशुपतिनाथम न्दिरमा जलहरी राख्ने क्रममा सुन हिनामिना गरेको आरोपमा कोषका तत्कालिन कोषाध्यक्ष हालका सदस्य सचिव थापा र निर्वतमान सदस्य सचिव ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगले उनीहरुले जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको भन्दै त्यसबापतको १ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ ८५ पैसा भ्रष्टाचार गरेको आरोप लगाएको हो ।अख्तियारले पशुपतिक्षेत्र विकास कोषका तत्कालीन बिशेट नाइके (स्टोरकिपर) अरुणकुमार श्रेष्ठविरुद्ध पनिविशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

वि.सं.२०८० असोज १४ आइतवार १६:४५