skip this hetauda tech

`अमानत´ काे नाममा बकैया खाेलाकाे बदमासीमा निजगढ नगरपालिकाकाे माैनता ! सिडियाेले लगाए अंकुश

कसले भगायाे सवारी साधन ?

3.92K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराकाे निजगढ नगरपालिकास्थित बकैया खाेलामा जथाभावी उत्खनन् र अवैध संकलन भएको पुष्टि भएको छ ।

बकैया खाेलाकाे अवैध उत्खननकाे बारे विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन/प्रशारण भएको थियाे ।

नगरपालिकाकाे जनप्रतिनिधिकै मिलेमतोमा अवैध उत्खनन् भएको समाचारमा उल्लेख भएपनि त्यसलाइ नगरपालिकाले खण्डन नगरि माैनता साँधेकाे थियाे ।

अवैध उत्खननलाई निरुत्साहित नगरि संरक्षण गरेकाे आराेपलाई बल पुग्ने गरि मंगलबार भएको अनुगमनले उदाङ्गाे पारेकाे छ ।

जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी (सिडियाे) नेतृत्वको अनुगमन टाेलीले गरेकाे अनुगमनमा खोलाको निकै उत्खनन् भईरहेको र धेरै निकासी भएको अवस्था देखापरेकाे थियाे । खोलामा १० देखि १५ फिटसम्म गहिरो खाडल बनाएको फेला परेकाे छ ।

उत्खनन् रोक्न प्रजिअको निर्देशन

अनुगमनपछि सिडियाे शशिधर घिमिरेले अबैधरुपमा भईरहेको नदीजन्य पदार्थ उत्खनन् रोक्न निर्देशन दिएका छन् ।

सिडियाे घिमिरेले खोलाको स्थलगत अनुगमनमा रहेका निजगढ नगरपालिकाका नगरप्रमुख, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक, शसस्त्र प्रहरी उपरीक्षकलगायतलाई सो निर्देशन दिएका हुन् ।

त्यसैगरि सिडियाे घिमिरेले नेपाल क्रसरले अबैधरुपमा ड्याम क्षेत्रमा खनेको बताउँदै तत्काल पत्र काटेर कार्वाही गर्न नगरपालिकालाई अनुरोध गरेका छन् ।

राज्य छ भन्ने अनुभूति भएन : सिडियाे

सिडियाे घिमिरेले राज्य छ भन्ने अनुभुतिनै नहुने गरी खोलाको दोहन भएको टिप्पणी गरेका छन् ।

`खोलाको तलदेखि माथिसम्म अनुगमन गर्यौ, हामी आउँदा दोहन गर्ने सवारी फेला परेन´, सिडियाे घिमिरेले भने- खोलाको अबस्था हेर्दा खोलाको निकै उत्खनन् भईरहेको र धेरै निकासी भएको देखिन्छ ।´

अनुगमनमा जिल्ला समन्वय समितिका उपसभापति चण्डिका सापकोटा, निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरी, प्रशासकीय अधिकृत अजय बर्ताैला, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्ले, डिभिजन वन कार्यालय बाराका अधिकृत विनाेद सिंह लगायतको उपस्थिति रहेको थियो ।

कसले भगायाे सवारीसाधन ?

खाेला अनुगमन हुने सूचना चुहिएको थियाे । खोलाको अनुगमन आउने खबरले दैनिक उत्खनन गर्दै आएका ट्रयाक्टर लगायत क्रसर उद्योग बन्द गरेका थिए ।

टोली अनुगमनमा जाने पूर्व सूचना चुहाएपछि खोलामा ठुला ठुला खाल्टा खुल्टी भए पनि ट्याक्टर, टिपर र एक्स्काभेटर भने नभेटिएको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जनाएका छन् । ‘सायद हामी खोला अनुगमनमा जाँदै छौ भन्ने सूचना पहिल्यै पुगेछ खोलामा चरामुसा केही थिएन ।´

nijgadh-supermart-adz1200-630