बुद्धचोकमा तय भएको सोनाम ल्होछार विशेष बृहत सांस्कति कार्यक्रम औतारटोलको गुम्बामा सारियो

वि.सं.२०८० माघ २५ बिहीवार १४:५३

बारा-निजगढको बुद्धचोकमा २८ माघमा हुने भनिएको सोनाम ल्होछार विशेष बृहत सांस्कति कार्यक्रम औतारटोलको साङाक टासी छयोइलिङ गुम्बामा सारिएको छ ।
नेपाल तामाङ घेदुङ बारा निजगढ नगर कार्यसमितिको आयोजनामा माघ २८ आइतबार सोनाम ल्होछारको अवसरमा बृहत सांस्कति कार्यक्रम हुन लागेको हो ।
आफ्नो भाषा धर्म, संस्कार र संस्कृति संस्कारको संरक्षण गरौ, आफनो पहिचान र अस्तित्वको लागि एक हौं भन्ने मुल नारा सहित हुन लागेको कार्यक्रममा राष्ट्रिय तामाङ कलाकारहरुको वेजोड प्रस्तुति रहे भएको हो ।
ल्होछार कार्यक्रम विहान १० बजेबाट सुरु भई बेलुकी ५ बजेसम्म चल्नेछ । कार्यक्रममा विभिन्न खालको तामाङ संस्कृतिक गीतसंगीत, नृत्य र लामा बोम्बो झाँकीसहित लच्क सम्म शान्ति र्याली हुनेछ ।
तमाङ समुदायले मञ्जुश्री सम्बत् लाई आधार मानेर ल्होछार मनाउँदै आएको छ । यो बर्ष २८६० औं मञ्जुश्री सम्बत हो । १२ वटा विभिन्न जनावरलाई आधार मानेर बर्ष गनिने चलन अनुसार यो बर्ष डुक ल्हो अर्थत गडुल बर्ष हो । गडुल फरक-फरक स्थानीय तामाङ भाषामा मु ल्हो पनि भन्ने गरिन्छ ।
निजगढमा बसोबास रहेका तामाङहरु घेदुङ्ग गठन पश्चात् यो निजगढ नगर कमिटीले पहिलो सोनाम ल्होछार मनाउन लागेको हो ।

वि.सं.२०८० माघ २५ बिहीवार १४:५३