skip this

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, विश्वासको मत लिने तयारी गर्ने

1.17K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दै छ।यही पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिने भएकाले त्यसबारे तयारी गर्न पदाधिकारी बैठक बस्न लागेको हो।

बैठक अहिले बिहान ११ः २० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने माओवादी केन्द्रको सचिवालयले जनाएको छ।एमालेसहित सात दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन्।

nijgadh-supermart-adz1200-630