टेम्पोको ठक्करबाट दाङमा एक जनाको मृत्यु
वि.सं.२०७९ असार २० सोमवार १०:२१
1.55K
shares

काठमाडौं । दाङको लमही नगरपालिका–५ वयलडाँडामा गएराती टेम्पोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय राजकुमारी चौधरी रहेकी छिन् । टेम्पोको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा चौराहा अस्पताल बुटवलमा आज बिहान पौने ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
लमहीबाट गढवातर्फ जाँदै गरेको रा १ स ३४५० नम्बरको टेप्मोले गएराती साढे ९ बजे सडक पार गर्दै गरेकी महिलालाई ठक्कर दिएको थियो । टेम्पो चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।
वि.सं.२०७९ असार २० सोमवार १०:२१

















