skip this farak Kura Pravakar

पोखराको शिवरात्रि मेलामा एक जनाको हत्या

तीन पक्राउ

1.29K shares
oil-nigam-amlekhgunj-adv.jpeg

पाेखरा । महाशिवरात्रिको अवसरमा लगाइएको मेलाका क्रममा झगडा हुँदा एक जनाको मृत्यु भएको छ । झगडामा स्थानीय ३५ वर्षका चोकबहादुर गुरुङको हत्या भएको हाे।
मेलामा मदिरा सेवन गरी गाउँकै युवाबीच झगडा भएको थियाे ।
तीन जना पक्राउ
हत्या आरोपमा कास्की प्रहरीले तीन जनालाइ पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा निशान गुरुङ, प्रकाश गुरुङसहित तीन जनालाई पक्राउ गरेको छ । पीडित परिवारको किटानकै आधारमा उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।

‘घटना हुने वित्तिकै भागिरहेको अवस्थामा २ जनालाई चक्कुसहित पक्राउ गरेका हौं । अर्का एक जना आज समातिएका छन्,’ उनले भने, ‘अनुसन्धान जारी छ । बाँकी अनुसन्धानपछि खुल्छ ।’

गाउँकै दुई युवाबीच झगडा भैरहेको बेला चोकबहादुर बीचमा परेको प्रत्यक्षदर्शीहरुको भनाई छ । ‘चोकबहादुर घटनामा थिएनन् । अरुको बीचमा उनी परेका हुन्,’ एक प्रत्यक्षदर्शीले भने ।

चक्कु लागेपछि घाइते भएका चोकबहादुरलाई उपचारका लागि गाउँलेले मनिपाल अस्पताल लगेका थिए । तर, ढिलो भैसकेकोले उनको बाटैमा मृत्यु भएको बताइएको छ । चिकित्सकले अस्पताल पुग्ने वित्तिकै मृत घोषणा गरेका हुन् । घटना मध्येराति साढे १ बजे भएको प्रहरीले जनाएको छ ।

पोखरा–२० मौजामा स्थानीय युवाले मेला आयोजना गरेका थिए ।

nijgadh-supermart-adz1200-630