skip this

विकास निर्माणकार्यमा एउटै मनले समन्वकारी भूमिका निर्वाह गर्नुपर्छ–मन्त्री भुसाल

1.36K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । विकासका निर्माणका काममा एकताबद्ध भएर अगाडि बढ्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आग्रह गरेकी छन् । आज मन्त्री भुसालले ललितपुरको गोदावरी नगरपालिका वडा नं १२ ठेचोमा ‘पाको पार्क’ उद्घाटन कार्यक्रममा बोल्दै विकास निर्माण निरन्तरको प्रक्रिया भएकाले सबैको ऐक्यबद्धता आवश्यक हुने बताएकी छन् ।

विकास निर्माणकार्यमा एउटै मनले समन्वकारी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई थियो । मन्त्री भुसालले निर्वाचनका बेला विभिन्न दलका नाममा मत मागे पनि विकासका काममा आफुहरु एक मत रहेको बताईन् । उनले सधैँ जनताको काममा एकताबद्ध भएर लाग्ने बताईन् । सार्वजनिक जग्गा सदुपयोग गरेर निर्माण गरिएको पार्कले स्थानीयवासीको जीवनशैली विकासमा सहयोग गर्ने उनले विश्वास व्यक्त गरिन् ।

ठेचोवासीको सुविधाका लागि निर्माण भएको पार्कको उचित संरक्षण र संवद्र्धन गरेर उपयोग गर्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले यो पार्कको उचित संरक्षण र उपभोग गर्ने जिम्मा स्थानीयवासीको भएको बताइन् । ७५ लाखभन्दा बढी लागतमा निर्माण भएको सो पार्कमा शारीरिक ब्यायामका लागि आवश्यक पर्ने पूर्वाधार विकास गरिएको छ ।

nijgadh-supermart-adz1200-630