सिरहामा पिकअपको ठक्करबाट एक बालिकाको मृत्यु
वि.सं.२०७९ साउन ८ आइतवार ११:०२
1.47K
shares

काठमाडौं । शनिबार साँझ सिरहामा पिकअपको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। कर्जन्हा नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा प्र २–०१–००१ च ०३२७ नम्बरको पिकअपले १३ वर्षीया बालिकालाई ठक्कर दिँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।
पिकअपको ठक्करबाट घाइते भएकी बालिकाको उपचारको क्रममा फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हामा मृत्यु भएको हो।पिकअपलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
वि.सं.२०७९ साउन ८ आइतवार ११:०२

















