skip this

माछा मार्ने क्रममा झापामा करेन्ट लागेर एक जनाको मृत्यु

1.51K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।झापाको भद्रपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । भद्रपुर नगरपालिका–७ का ४० वर्षका भोटलाल गणेश राजवंशीको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

भद्रपुर नगरपालिका–४ आमडाँडीमा रहेको इलाम टी प्रोड्युसर प्रालिको भवन निर्माणको काम गर्ने राजवंशी माछा मार्ने क्रममा गम्भीर घाइते भएपछि उपचारका लागि मेची अस्पताल लगिएको थियो ।अस्पताल पुर्‍याए लगत्तै डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।

nijgadh-supermart-adz1200-630