skip this

बारामा पराल काट्ने मेसिनले हात काट्दा एक जना घाइते

1.24K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराको महागढीमाई नगरपालिकामा पराल काटने मेसिनले हात काटिदा एक जना गम्भीर घाईते भएका छन ।

महानगढीमाई नगरपालिका- ११ मधुरी टोल बस्ने ३५ वर्षीय अमिरकाप्रसाद यादव गम्भीर घाइते भएका हुन ।

आइतबार दिउँसो ना.६ त. १५७३ नम्बरको ट्याक्टरमा जडान गरिएको पराल काट्ने मेसिनमा पराल काटने क्रममा यादवको हाट काटिएको थियो ।

अमिरकाको बायाँ हातको कुहिनो भन्दा तलतिरको भाग पुरै कटेको, दाहिने हातको ४ वटा औला काटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

यादवको कलैया अस्पतालमा उपचार भइरहेको छ ।

nijgadh-supermart-adz1200-630