काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीको तीन-तीनमा अग्रता
 
                        					
        								वि.सं.२०७९ मंसिर ५ सोमवार १४:००
        						            1.23K
        						            shares
        						            
        						        
काठमाडौं । काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये मतगणना भएका आठ क्षेत्रमा कांग्रेस र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले तीन–तीन र एमालेले दुई निर्वाचन क्षेत्रमा प्रारम्भिक अग्रता लिएका छन् ।
मतगणना भएका काठमाडौं १, ४ र १० निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार क्रमशः प्रकाशमान सिंह, गगन थापा र राजेन्द्रकुमार केसीले अग्रता लिएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं ६, ७ र ८ मा अग्रता लिएको छ । काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठले अग्रता लिएका छन् ।काठमाडौं २ र ५ नम्बर क्षेत्रमा मतगणना हुन सकेको छैन ।
 
							वि.सं.२०७९ मंसिर ५ सोमवार १४:००
 
				 
						 

















