skip this bagdve 29 th

कार्यपालिका लक्षित कोषबाट पवित्राले महिलाको नेतृत्व विकासदेखि विद्यार्थीलाई पोशाक र शैक्षिक सामाग्री सहयोग

1.39K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा– निजगढ नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को कार्यपालिका लक्षित कोष शिर्षकमा ६५ लाख बजेट छुट्याएको छ ।

एक कार्यपालिका सदस्यले ८ लाख बजेट परिचालन गर्ने गरि योजना तथा कार्यक्रम छनौंट तथा सञ्चालन गरिएको थियो ।

कार्यपालिका सदस्य पवित्रा सुनार निजगढ वडा नं. ८ खयरघारीकी हुन् । नेकपा (माओवादी केन्द्र) को प्रतिनिधित्व गर्दै पहिलो पटक कार्यपालिका सदस्य बनेकी हुन् ।

कार्यपालिका सदस्य पवित्राले कोषबाट प्राप्त बजेटबाट नेतृत्व विकास र खेलकुद, शैक्षिक सामाग्री, लत्ताकपडा वितरण गरेकी छिन् ।

के–के भए कार्यक्रम ?

कोषबाट ३ लाख १२ हजार बजेटमा सञ्चालित दलित, आदिवासी तथा महिलाहरुको नेतृत्व तथा क्षमता विकास तालिम एकता नेपाल संस्थाले आयोजना गरेको हो ।

निजगढ नगरपालिकाको तीन वटै ब्लकमा आयोजना गरिएको छ । जस अनुसार निजगढ–३ सिंगौल, निजगढ–१३ डम्बरपुर, निजगढ–८ गुम्बाटोलमा ८/८ दिन तालिम सञ्चालन गरिएको थियो । सहभागिलाई प्रशिक्षक रेश्मी लामिछाने दंगालले प्रशिक्षण दिएकी हुन् ।

कोषबाट ५ लाख बजेटमा एकता नेपालको आयोजनामा तीन वटा सामुदायिक विद्यालयका अति विपन्न तथा दलित समुदायका गरि दुई सय ९३ विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिएको छ ।

निजगढ–३ सिंगौलस्थित श्री हिमालय आधारभुत विद्यालयका एक सय १० जना विद्यार्थीलाई व्याग र शैक्षिक सामाग्री, निजगढ ६ स्थित श्री बाल विकास आधारभूत विद्यालयका एक सय २३ जना विद्यार्थीलाई ड्रेस शैक्षिक सामाग्री वितरण र निजगढ–८ स्थित श्री बकैया ठाकुर माध्यमिक विद्यालयमा ६० जना विद्यार्थीलाई ड्रेस र शैक्षिक सामाग्री वितरण गरेको हो ।

 

nijgadh-supermart-adz1200-630