skip this yams_Max_Hospital.jpeg

यो वर्ष १५ हजार एभोकाडोको विरुवा रोप्ने योजना छ : अभियन्ता दंगाल (भिडियो)

795 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा– नेकपा (माओवादी केन्द्र) का युवा नेता रविराज दंगालले बेला–बेलामा विभिन्न अभियान सञ्चालन गर्दै आएका छन् ।

राजनीतिकर्मीसंगै अभियन्ताका रुपमा समेत परिचित दंगालको नेतृत्वमा फास्ट ट्रयाक पैदल यात्रा समेत भएको थियो ।

विभिन्न सार्वजनिक सरोकारका विषयमा अभियान चलाउँदै आएका दंगालले गत वर्षबाट अर्को नयाँ अभियान चलाई रहेका छन् ।

कंक्रिट विकास र कागजी विकासमा मात्र नरुमलिएर स्वच्छ वातावरण, स्वास्थ्य र आर्थिक उपार्जनको लागि दंगालले निजगढ एभोकाडो सिटी अभियान थालेको थिए ।

यो अभियान निजगढ–५ बागदेवस्थित सार्वजनिक माध्यमिक विद्यालय परिषरबाट गत वर्ष विरुवा रोपेर शुभारम्भ गरिएकाको थियो ।

अभियानको दोस्रो वर्षको तयारी सुरु गरिएको छ । यो वर्ष १५ हजार एभोकाडोको विरुवा रोप्ने योजना रहेको दंगाल बताउँछन् ।

फरक नेपाल डटकमको प्रस्तुती युवा पुस्तामा कुरा गर्दै अभियन्यता दंगालले ७ हजार घरमा विरुवा रोप्ने योजना बनाईएको छ ।

भिडियो : 

nijgadh-supermart-adz1200-630