पल शाहको मुद्दा : बहस सकिएपछि आदेशको प्रतीक्षा
वि.सं.२०७९ जेठ १९ बिहीवार १९:३८
1.07K
shares

काठमाडौँ । बलात्कार आरोपमा मुद्दा खेपिरहेका अभिनेता पल शाहको साधारण तारेख मागसम्बन्धी निवेदनमा उच्च अदालतमा बहस सकिएको छ ।
न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा दुवैतर्फका वकिलहरूले बहस सकिएको हो ।
बहस सकिएपछि आदेशको तयारी भइरहेको उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए ।
‘आजलाई बहस सकिएको छ,’ उनले भने, ‘आदेश पनि आज नै आउँला ।’ पल शालको ५ जना र प्रतिवादीको तर्फबाट २ जना वकिलले बहस गरेका थिए ।
उच्च अदालत पोखरामा शाहको तर्फबाट वकिलहरुले निवेदन दिएका थिए ।
१५ चैतमा उच्च अदालतमा बाहिर बसेर मुद्दा लड्न पाउने माग गरी निवेदन दिएका थिए । त्यसपछि लगातार ४ पटक पेसी सरेको थियो ।
वि.सं.२०७९ जेठ १९ बिहीवार १९:३८

















