skip this hetauda tech

केही दिनदेखि बढेको अत्यधिक गर्मीले मध्य तराईको जनजीवन प्रभावित

1.33K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । मध्य तराईमा केही दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन प्रभावित बन्न थालेको छ । वैशाखमै उच्च गर्मी हुन थालपछि असार साउनमा के होला भनेर स्थानीय चिन्तित हुन थालेका छन् । गर्मीका कारण यस क्षेत्रका सर्वसाधारण अत्यावश्यक कामबाहेक बाहिर निस्कन कम गरेका छन् । जसका कारण बजार क्षेत्र सुनसान देखिन थालेको छ ।यता बढ्दो गर्मीका कारण किरा फट्याङ्ग्राको बिगबिगी भएको छ । जसले बालीनाली सखाप पार्ने किसानको चिन्ता बढेको छ ।

पछिल्लो केही बर्षयता जाडोयाममा अत्याधिक जाडो र गर्मीयाममा अत्याधिक गर्मीका महोत्तरीलगायत मध्य तराईका जिल्लाको जनजीवन प्रभावित बन्ने गरेको स्थानीय युवा विजय दास सुनाउँछन् ।उनका अनुसार तापक्रमको अस्वभाविक घटबढले जनजीवनमा मात्रै परिवर्तन ल्याएको छैन अन्न उत्पादन समेत घटेको छ । महोत्तरी किसानगरका अब्दुल रसिदले किरा फट्याङ्ग्रा प्रकोपले बालीनालीमा यति ठूलो हस आउँछ भन्ने सोचेका पनि थिएनन् । तर, किराको प्रकोप, रासायनिक मल तथा औषधि जथाभावी प्रयोगले स्वास्थ्यमा समेत गम्भीर असर परिरहेको उनको बुझाइ छ ।

तापक्रममा भइरहेको अस्वभाविक परिवर्तनले महोत्तरीमा प्राकृतिक विपत्तिको जोखिम पनि बढिरहेको छ । अस्वभाविक बर्षाद कै कारण बाढीपहिरो तथा डुबानको समस्या भइरहेको छ ।जलवायु परिवर्तनको असर धमाधम सर्वसाधारणमा देखिन थालेपछि विज्ञहरुको सुझावअनुसार हरित अभियान सञ्चालन गरिएको छ । महोत्तरीका जनप्रतिनिधि तथा संघीय संसद गिरिराजमणि पोखरेलले महोत्तरीमा करिब एक लाख बिरुवा रोप्ने अभियान चलाएका छन् ।
बस्ती बढेसँगै अहिले महोत्तरीका हरिया जङ्गल अतिक्रमण हुन थालेका छन् । भू–माफियाको चलखेलले सामुदायिक वन क्षेत्र समेत धमाधम अतिक्रमण गरेर बस्ती बस्न थालेको छ ।

मानवीय क्रियाकलाप कै कारण जलवायु परिवर्तनमा व्यापक हेरफेर भएको र यसलाइ न्यूनिकरणको लागि वृक्षारोपण तथा मानवका नकारात्मक क्रियाकलाप कम हुनु पर्ने वैज्ञानिकहरूको सल्लाह सुझाव रहेको नगरप्रमुख विदुर कार्की बताउँछन् ।एक तथ्यांकअनुसार महोत्तरीको २० बर्षको तापक्रम हेर्दा अधिकतम तापक्रम र सामान्य तापक्रममा ६ डिग्री सेन्टिग्रेडको फरक पाइएको छ । वैज्ञानिकहरूले पृथ्वीको तापक्रम वृद्धि औद्योगिक क्रान्तिको बेलाको स्तरभन्दा १।५ डिग्री सेल्सियस मात्र बढी हुनुपर्ने सुझाव दिए पनि संसारमा हाल त्यो सीमाभन्दा निकै बढी (तीन डिग्री सेल्सियस) भइरहेको छ ।

nijgadh-supermart-adz1200-630