कविता : आमा
वि.सं.२०७९ वैशाख १७ शनिवार ०८:४९
2.35K
shares

तिमीले मुटु दियौ
अहिले हरेक धुकधुकीमा
तिम्रै स्वास फेरिरहेछु
तिमी
एउटी नारी मात्र कहाँ हौ र
एउटा सँसार हौ मेरो लागि
तिम्रो अथाह मायाले
मैले भेटेको हुँ अथाह सँसार
तिम्रै मायाको नदी डोर्याउँदै
बहिरहेकोछु म अनन्त बाटाहरूमा
तिमी नभएको भए
न प्रेम हुन्थ्यो सँसारमा
न सँसार हुन्थ्यो प्रेममा
आमा नभएको बेला
एक क्षणपनि कहाँ रहन्छु र म
तिम्रै धाप पाएर हो
हरेक क्षण चलिरहेको हो मेरो
मुटुको नवीन र रँगिन लय
तिमीले मलाई
मायाको अन्तिम ज्योति दियौ
तिमीले दिएको त्यही ज्योति बोकेर
म घाम र जूनसंगै
ज्योतिका आँकुरा छर्न हिँडिरहेछु
-ग्वँग:बु,नयाँबसपार्क, काठमाडौ
वि.सं.२०७९ वैशाख १७ शनिवार ०८:४९

















