skip this

कविता : मेरो जन्मदिन

19.52K shares
oil-nigam-amlekhgunj-adv.jpeg

गद्य

हो म आजकै दिन
यो धर्तीमा
मेरो आमाले मलाई जन्म दिनु भएको
थियो फेरी आज
बर्षौ दिन घुम्दै फिर्दै
मलाई फेरी एक बर्ष माथि राखेको छ
यसै दिनले
आजको दिन मेरी आमाले आफ्नो दुखाई सहेर मलाई जन्म दिनु भएको
थियो
आमा म फेरी पनि
म जन्मेको दिन सम्झेर हजुर लाई
प्रणाम गर्छु
म त्यहा देखी यहासम्म पुग्नुको
कारण आमा हजुरको हो
हजुरले मलाई दिएको योगदान प्रति
आदर सम्मान गर्छु
तर मैले हजुर प्रति कुनै योगदान गर्न सकेको छैन साहेद गर्न पनि नसकुला
किन कि आमाको रिण कहिले कसैले
तिर्न सकेको छैन

आमा भन्दा ठुलो महान अन्य
कुनै छैन जे छ जस्तो छु
आमा हजुर कै कारण छु
तेसैले आज यो मेरो जन्मदिनको
खुशी हजुर लाई दिन्छु
मेरा खुशी भनेका तपाई आमा
बुबा मात्र हो
हजुर हरुलाई सम्मान कदर बाचुन्जेल सम्म गर्नेछु
कोटि कोटि प्रणाम
मलाई यो संसार देखाउन सफल
हुने मेरा आमा बुबा प्रति

-मुलपानी, काठमाण्डौं

nijgadh-supermart-adz1200-630