skip this hetauda tech

एमाले अध्यक्ष ओली सात महिनापछि बालुवाटारमा

924 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । प्रधानमन्त्रीबाट बाहिरिएको सात महिनापछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली औपचारिक बैठकका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले समसामयिक राजनीतिक विषयमा छलफलका लागि आमन्त्रण गरेपछि पूर्व प्रधानमन्त्री ओली आज अपराह्न बालुवाटार पुग्नुभएको हो ।

गत असार २९ गते नेपाली काँग्रेसका सभापति देउवा प्रधानमन्त्री बन्नुभएको थियो । सोही दिन नै ओलीले बालुवाटार छाड्नुभएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल सुरु भएको छ । सो छलफलका लागि ओली बालुवाटार पुग्नुभएको हो ।

उहाँहरुबीच अमेरिकी सहयोग परियोजना (एमसिसि), स्थानीय निर्वाचन र अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।

यसअघि गत पुस २४ गते प्रधानमन्त्री देउवा ओली निवास बालकोट पुग्नुभएको थियो । उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री देउवा बालकोट पुगेको करिब एक महिनापछि एमाले अध्यक्ष ओली बालुवाटारमा छलफल गर्न तयार हुनुभएको हो । एमालेको अवरोधका कारण सङ्घीय संसद्को बैठक लामो समयदेखि नियमित कार्यसूचीमा नै प्रवेश गर्न पाएको छैन ।

nijgadh-supermart-adz1200-630