skip this farak Kura Pravakar

चलचित्र निर्देशक घिमिरेमाथि भएको अभद्र ब्यवहारको राष्ट्रिय नागरिक समाजद्वारा भत्सर्ना

873 shares
oil-nigam-amlekhgunj-adv.jpeg

नेपाली चलचित्र निर्देशक बिश्वमणि घिमिरे (बिश्वदीप) माथि भएको अभद्र ब्यवहारको राष्ट्रिय नागरिक समाजलो भत्सर्ना गरेको छ ।

आइतबार प्रेश बक्तब्य जारी गर्दै जनगरिक समाजले अराजक तत्वहरुलाइ मानहानि गरेको ढंगबाट यथा सक्दो कानुनी कार्वाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ ।

” गृह जिल्ला सिन्धुलीमा चलचित्र सिन्धुलीगढिको छायांकनका लागी स्थलगत निरीक्षणमा जाँदा मिति २०७८ माघ २० मा आफ्नै निजि निवास कमलामाइ ५ मधुटारमा रहेको साइनिङमून बोर्डिङ स्कुलको जग्गा बिबादको अवस्थालाई मिलान गर्ने सहजीकरणका लागी आग्रह भए बमोजिम जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा गइ नेपालको प्रचलित कानुनबमोजिम दुबै पक्षले सम्बन्धित निकायको समन्वयमा समस्या समाधान गर्ने गराउने भनी नेपाल सरकार समक्ष जाहेर गरि, सहमति पत्र तयार पारी दुबै पक्षका साक्षीहरुको रोहवरमा सहिछाप गरि मिलानको बाताबरणलाई सरलिकरण गरेर फर्किदा, बिबादित स्थानमा केही अराजक ब्यक्तिद्वारा होहल्ला गरि धाकधम्की र सम्झौता बिपरित अराजक प्रवृत्ति देखाइ रहदाको अवस्थामा निर्देशक घिमिरेद्वारा सहजीकरणको बाताबरण प्रशासन कार्यालयमा भएको र सम्झौताको स्मरण गराउदा निर्देशक माथी विभिन्न लान्छना लगाइ गाली गलौज र अपशब्द प्रयोग गरि निर्देशक घिमिरे प्रति गरिएको अमानवीय ब्यवहारको घोर भत्सर्ना गर्दछौं “, बक्तब्यमा लेखिएकाे छ ।

अध्यक्ष महेश जङ्ग कुवरद्वारा जारी बक्तब्यमा सामाजिक बिकृती र बिसङतीका बिरुद्ध समाजको मुद्दालाई चलचित्रको माध्यम द्वारा जनचेतना फैलाउने सर्जकमाथि गरिएको अपमानको जति भत्सर्ना गरे पनि कमै हुने उल्लेख गरिएके छ ।

nijgadh-supermart-adz1200-630