प्रचण्ड–माधव एमसीसीबारे भ्रमको जालोमा फसे : नेता पौडेल
वि.सं.२०७८ फागुन ४ बुधवार १२:२४
1.01K
shares

काठमाडाैं । प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल एमसीसीको विषयमा भ्रमको जालोमा फसेको टिप्पणी गरेका छन् ।
बाराको सिमरामा आयोजित साक्षात्कारमा बोल्दै नेता पौडेलले एमसीसीको विषयमा देश र जनतालाई धोका दिनेगरी कसैले पनि ‘डबल–स्ट्याण्ड’ को भूमिका खेल्न नहुने टिप्पणी गरे । उनले भने, ‘प्रचण्ड र माधव नेपाल एमसीसीलाई लिएर भ्रमको जालोमा जेलिएका छन् ।
कम्युनिष्टका नेताहरु जेलिएका छन् । उहाँहरु प्रचारको जालोमा जेलिनुभयो। एमसीसीको सुरुवात स्वयम् झलनाथजीबाट भएको हो । यो एमसीसी सम्झौता सत्तामा पुगेका कुनैपनि कम्युनिष्ट नेता यो सम्झौताबाट अलग छैनन् । उहाँहरु सबै संलग्न हुनुहुन्छ । सबै नेता पालैपालो संलग्न हुनुहुन्छ ।
उनले थपे, ‘केपी ओली प्रधानमन्त्री बनेपछि संसदबाट पारित गर्नुपर्छ भन्ने बनाउनुभयो ।
उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजकसमेत रहेका नेता पौडेलले प्रचण्ड र माधव नेपाल एमसीसीबारे भ्रमको जालोमा फसेको जिकिर गरे । उनले भने– उहाँहरु अहिले माकुरा आफ्नो जालोमा फसेजस्तो फस्नुभयो । उहाँहरु आँफैले फैलाएको झुटो अफवाहको जालोमा आफै अल्झिनुभएको छ। मैले त जानेको कुरा यत्ति हो ।
वि.सं.२०७८ फागुन ४ बुधवार १२:२४

















