आयोगको बैठकमा आचारसंहिताबारे बोल्न नदिएको भन्दै नाराबाजी
वि.सं.२०७८ चैत २२ मंगलवार १२:२९
1.78K
shares

काठमाडौं । निर्वाचन आयोगले आज आचारसंहिताबारे ७९ दललाई छलफलमा बोलाएको थियो । आयोगले आचारसंहिता कार्यान्वयन प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न दलहरूलाई दबाब दिएपछि विवाद भएको छ ।
आयोगले दलहरूलाई आचारसंहितामाथि छलफल नगरी प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न भनेको थियो ।छलफल नै नगरी हस्ताक्षर गर्न भनेपछि साना दलका नेता र प्रतिनिधिले विरोध जनाएका हुन् । सत्तारुढ गठबन्धन र ठूला दलको आदेशमा आयोग चलेको भन्दै साना दलले आयोगका पदाधिकारीविरुद्ध नाराबाजीसमेत गरेका छन् । बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विवाद नगर्न आग्रह गरे पनि विरोध जारी रहेको छ ।
वि.सं.२०७८ चैत २२ मंगलवार १२:२९
















